रिब्स मा.वि.मा पहिलोपटक एसइई परीक्षा केन्द्र (फोटो फिचर)

Thankot Times

थानकोट ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सुरू भएको छ । चन्द्रागिरि नगरका विभिन्न ४७ वटा विद्यालयका १ हजार ६ सय  १३ जना परीक्षार्थीले विभिन्न पाँच परीक्षा केन्द्रबाट परीक्षामा सहभागी भएका छन् । चारवटा सरकारी विद्यालयमा परीक्षा केन्द्र रहेको चन्द्रागिरि नगरमा पहिलोपटक संस्थागत विद्यालयमा समेत परीक्षा केन्द्र कायम गरिएको छ । चन्द्रागिरि ५ स्थित रिब्स मा.वि. मा पहिलोपटक माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा केन्द्र कायम गरिँदा सो विद्यालयका शिक्षक शिक्षिका एवं कर्मचारीहरू परीक्षार्थीहरूको स्वागतका लागि निकै उत्साहित देखिन्थे । थानकोट टाइम्ससँग कुरा गर्दै रिब्स माविका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष धन बहादुर गुरूङले चन्द्रागिरिका संस्थागत विद्यालयहरू पनि यस्ता महत्वपूर्ण परीक्षा सञ्चालन गर्न सक्षम छन् भन्ने प्रमाणित गर्न अवसर मिलेको प्रतिक्रिया दिनुभयो ।

रिब्स मा.वि. दुरसंचार परीक्षा केन्द्रबाट चन्द्रागिरि नगरका विभिन्न पाँच विद्यालयका ३ सय २७ जना परिक्षार्थीले माध्यमिक शिक्षा परीक्षा दिनेछन् ।

तस्बिरमा हेराैं रिब्स मा.वि.मा पहिलोपटक एसइई परीक्षा केन्द्र कायम हुँदा देखिएका दृश्यः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *