वडा सचिवलाई कार्यवाहक अध्यक्षको अधिकार

Thankot Times

थानकोट ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न चाहेमा राजीनामा दिनुपर्ने कानुनी मान्यताअनुसार वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम गर्न पाउने भएका छन् । तर कोही जनप्रतिनिधिले दोहोरिन नचाहेमा उसको नेतृत्वमा स्थानीय निकायले सेवा प्रदान गर्नेछ ।

चन्द्रागिरि नगरपालिकाको वैशाख ७ गतेको कार्यपालिकाको बैठकको निर्णय अनुसार सबै जनप्रतिनिधिले राजीनामा दिएको अवस्थामा वडा सचिवले कार्यवाहक अध्यक्षको हैसियतमा काम कारबाही गर्न पाउनेछन् । त्यस्तै राजीनामा नदिएका जनप्रतिनिधि माैजुदा रहेमा उसले कार्यवाहकको हैसियतमा कार्य गर्न पाउने निर्णय भएको चन्द्रागिरि नगरपालिकाका अधिकृत नविन खालिङ्गले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ११६ मा कार्यवाहक भई काम गर्ने अवस्थासम्बन्धी व्यवस्था छ । जसमा वडाध्यक्षले राजीनामा दिए, वडा सदस्यमध्येबाट कार्यवाहक दिन सकिन्छ । सबै जनप्रतिनिधिले राजीनामा दिए कार्यवाहक अध्यक्षका विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्न सक्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *