स्थानीय तह निर्वाचनः यस्तो देखियो चन्द्रागिरिमा मनोनयन दर्ताको अन्तिम दिन (फोटो फिचर)

Thankot Times

थानकोट ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता सकिएको छ । प्रारम्भिक सूची अनुसार चन्द्रागिरि नगरपालिकाको जनप्रतिनिधि बन्न ३ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार केही स्वतन्त्र एवं राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका थिए भने सोमबार चन्द्रागिरि नगरपालिकाको कार्यालय बलम्बुस्थित निर्वाचन अधिकृतको कार्यालयमा प्रमुख दलसहित स्वतन्त्र उम्मेदवारी दर्ता भएका छन् । ७७ पदका लागि हुने निर्वाचनमा ३ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएको चन्द्रागिरि नगर निर्वाचन अधिकृत सिर्जना थपलियाले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

आइतबार केही सुनसान देखिएको निर्वाचन अधिकृतको कार्यालय सोमबार भने दिनभर व्यस्त देखियो । समर्थकहरूले घेरिएर उम्मेदवारहरू बाजागाजासहित उम्मेदवारीको मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

यस्ता छन् उम्मेदवारीको मनोनयन दर्ताका क्रममा देखिएका दृश्यः

तस्बिरहरू सामाजीक सञ्जालबाट साभार गरिएका हुन् ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *