शिवपुरी जंगलमा लागेको डढेलो नियन्त्रणमा आएन

Thankot Times

थानकोट ।

शिवपुरी      नागार्जुन      राष्ट्रिय निकुञ्जमा लागेको डढेलो मङ्गलबार राति अबेरसम्म पनि नियन्त्रणमा आउन सकेन ।

निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पञ्चकन्या सामुदायिक  वनमा  लागेको  आगो  नियन्त्रणका  लागि  निकुञ्ज,  नेपाली  सेना,  नेपाल  प्रहरी  तथा  सशस्त्र प्रहरीको अग्निनियन्त्रक टोली परिचालन भएका थिए ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलका  अनुसार  मङ्गलबार  दिउँसो  लागेको  आगो  राति  अबेरसम्म  पनि  नियन्त्रणमा  ल्याउन  गाह्रो भइरहेको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीय तहका दमकलहरूको प्रयोग  गरिएका  छन्  ।  नेपाली  सेनाका  प्रवक्ता  सहायक रथी नारायण सिलवालका अनुसार आगो लागेको जानकारी पाउनासाथ सेनाले आगो लागेको फरक–फरक क्षेत्रमा चारवटा आगो नियन्त्रक टोली परिचालन  गरेको  छ  ।

जसअनुसार  निकुञ्जको  तारेभिर  र  रातामाटे  वन  क्षेत्रमा  लागेको  आगो  नियन्त्रणका लागि मङ्गलबार दिउँसोदेखि नै सेनाका आगो नियन्त्रक टोली परिचालन गरिएको छ ।

त्यस्तै, निकुञ्ज क्षेत्रको बूढानीलकण्ठतर्फको वनमा  लागेको  आगो  नियन्त्रणका  लागि  नेपाली  सेनाको भवानी दल गणबाट १७ जना आगो नियन्त्रक टोली परिचालन गरिएको छ ।

त्यस्तै डिभिजन वन कार्यालय  काठमाडौँअन्तर्गतको  सुल्ता  खान  र  कौजल वन क्षेत्रमा लागेको आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकोप्टर परिचालन गरिएको छ । आगो कसरी फैलियो भन्नेबारे खुल्न बाँकी छ । गोरखापत्र दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *