२ वर्षपछि मातातीर्थमा खचाखच तीर्थालुहरू (फोटो फिचर)

Thankot Times

थानकोट ।

मातातीर्थ औंशीको अघिल्लो साँझ चन्द्रागिरि नगरपालिका ६ मातातीर्थमा तीर्थालुहरूको भीड लागेको छ । दिवंगत आमाको सम्झनामा बत्ती बाली जागा बस्न आएका श्रद्धालुहरू भीडले मातातीर्थ क्षेत्र खचाखच छ । शुक्रबार साँझ भारी वर्षा भएपछि श्रद्धालुहरू हिलाम्ले हुँदै मातातीर्थ क्षेत्रमा पुगेका छन् ।
कोरोना भाइरस महामारीका कारण पछिल्ला दुई वर्ष मातातीर्थ क्षेत्रमा मेला लाग्न सकेको थिएन् ।
मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासका अनुसार मातातीर्थ मेलाका लागि सम्पुर्ण तयारी सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *