चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?

Thankot Times

थानकोट ।

आसन्न स्थानीय तहको निर्वाचनले मुलुक तातेको छ । हरेक टाेलमा उम्मेदवारहरू मतदाताको मन जित्न कोशिस गरिरहेका छन् । चन्द्रागिरि नगरपनि स्थानीय चुनावको राैनकले सिंगारिएको छ । दलहरू आ-आफ्ना तर्फबाट जनप्रतिनिधिका लागि मत माग्न जुटिरहेका छन् ।

कुल १,३६,९२८ जना जनसंख्या रहेको चन्द्रागिरि नगरमा चैत्र १३, २०७८ सम्म ४७ हजार २ सय ६४ मतदाता रहेका छन् यसर्थ यस नगरको प्रमुख तथा उपप्रमुख हुन करिब २० हजार मत पाउनुपर्ने देखिन्छ । वडागत रूपमा हेर्दा चन्द्रागिरि ११ सतुंगल सबैभन्दा कम मतदाता भएको वडाका रूपमा रहेको छ जहा १ हजार ५ सय ३९ जना मतदाता रहेका छन् भने सबैभन्दा धेरै मतदाता चन्द्रागिरि १२ बलम्बुमा रहेका छन् जहाँ ४ हजार ४ सय ५१ जना मतदाता रहेका छन् । वडागत मतदाता सूची हेर्दा आसन्न स्थानीय निर्वाचनमा चन्द्रागिरि ४, ८, १२, १४ र १५ निर्णायक रहने आंकलन गर्न सकिन्छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार यस्तो छ चन्द्रागिरि नगरमा मतदाताको संख्याः

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्न चाहनुहुनेले अनिवार्य रूपमा श्रोत खुलाउन हुन अनुरोध छ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए हामीलाई [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *