२७ वैशाखको मध्यरातदेखि मदिरा बिक्री वितरणमा रोक

Thankot Times

थानकोट ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षालाई लक्षित गरी काठमाडौंमा वैशाख २७ गतेदेखि ३० गते साँझसम्म मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते मंंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन नगर्न नगराउन आग्रह गरेको हो ।

प्रशासन कार्यालयले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधानबाहेक अरुलाई विहान ६ बजेदेखि मतदान नसकिँदासम्म सञ्चालनमा रोक लगाएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *