चन्द्रागिरि ४ मा एमालेसँग मतान्तर बढाउँदै काँग्रेस

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले मतगणनाको कार्य देश भरका स्थानीय निकायमा जारी छ । चन्द्रागिरि नगरमा पनि वडागत रूपमा मतगणना कार्य जारी रहँदा २ वटा वडाको मत परिणाम सार्वजनिक भएका छन् भने वडा नं. ३ को मतगणना स्थगित भएको छ । अहिले चन्द्रगिरि ४ र ५ मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि ४ मा नेपाली काँग्रेसका कृष्णप्रसाद खड्गीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ११०० मत गणना हुँदा उनले ६५२ मत पाएका छन् भने नेकपा एमालेका लेमन श्रेष्ठले ३४३ मत सहित पछ्याइरहेका छन् ।

मत गणना जारी रहँदा मेयरमा नेपाली काँग्रेसले ६८६ तथा एमालेले ३४९ मत प्राप्त गरेका छन् ।

यस वडामा २७३८ मत खसेको छ भने वडाध्यक्ष पदमा पाँच दलको उम्मेदवारी परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *