चुनावको हार/जितमा खसी बाजी राख्ने युवाहरूलाई प्रहरीले पक्रियो

Thankot Times

काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको हार/जितमा खसी बाजी राख्ने दुई जना पक्राउ परेका छन्।

खोटाङमा दुई जनालाई सोमबार दिउँसो ३ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए।

पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ का २८ वर्षीय विजय फुँयाल र ३१ वर्षीय रमेश खड्का छन्।

‘काठमाडौंका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहको हार/जितमा खसी बाजी राखेको भन्ने सामाजिक सञ्जालमा आएको थियो। त्यसपछि हामीले पक्राउ गरेका छौं,’ लम्सालले भने।

उनीहरूले २८ किलोको खसी वा सो बराबरको रकम लिनेदिने सहमति गरेका थिए।

बालेन शाहले जितेमा रमेशले खसी दिने सहमति गरेका थिए।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *