चन्द्रागिरि १० को मतणना जारी, नगरप्रमुख र वडाध्यक्ष दुवैमा सूर्य चिन्हको अग्रता

Thankot Times
थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ९ को मतगणना सकिएको छ । अहिले चन्द्रागिरि १०, ११ र १२ काे मतगणना जारी छ ।

२२५१ मत खसेको चन्द्रागिरि १० मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । १३०० मत गणना हुँदा सो वडामा सूर्य चुनाव चिन्हमा ६२४ मत पर्दा रूख चुनाव चिन्हमा ४०५ मत परेको छ ।

नगरप्रमुखतर्फ सूर्य चुनाव चिन्हमा ६३३ तथा रूख चुनाव चिन्हमा ५१५ मत परेको छ ।

स्थानीय तह निर्वाचनः चन्द्रागिरिका कुन वडामा कति मत खस्यो ?

स्थानीय तह निर्वाचनः चन्द्रागिरि १० को वडाध्यक्षमा चार दलको दाबी


Leave a Reply

Your email address will not be published. Required fields are marked *