चन्द्रागिरि १० मा नेकपा एमालेका शिवकुमार महर्जनको प्यानल विजयी

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ ।

चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ को मतगणना सकिँदा वडा नं. १२, १३ र १४ को मतगणना जारी रहेको बताइएको छ ।

नगरमा सबैभन्दा धेरै  मतदाता भएको वडा नंं १२ को मतगणना सुरू भइसकेको छ ।

प्राप्त विवरणहरू अनुसार चन्द्रागिरि १० सतुङ्गलमा नेकपा एमालेका उम्मेदवार शिवकुमार महर्जनको प्यानलले  जित हासिल गरेको बताइएको छ ।

२२५१ मत खसेको चन्द्रागिरि १० को वडाध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *