त्रिभुवन राजपथको कलंकी-नागढुङ्गा खण्डमा खाडलै खाडल (फोटो फिचर)

Thankot Times

थानकोट ।

राजधानी काठमाण्डाै प्रवेश गर्ने मुख्य राजमार्गको अवस्था दिनहुँ जर्जर बन्दै गएको छ । क्षमताभन्दा बढी भार बोकेका सवारी साधन तथा खानेपानी, ढल लगायतका बहानामा लागि खनिएका खाडलका कारण राजधानीकै लाइफ लाइन सडक मार्गमा जोखिम बढेको छ । केही स्थानमा शाखा सडकबाट बग्ने नालीको पानीको व्यवस्थापन हुन नसकदा मुख्य राजमार्गमा खाडल परेको छ ।

यस सडकको नागढुंगाबाट कलंकीसम्म नै विभिन्न खण्डमा सानादेखी ठूला खाडल बन्दा सवारीको सहज आवतजावतमा समस्या त उत्पन्न भएको त छ नै दिनमा पनि सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ ।

संघीय सरकार मातहत रहेको यस सडकको मर्मतमा सडक विभागले समयमै चासो नदिएपछि स्थानीय सरकारले खाल्डा पुर्न कोशिस गरेपनि पर्याप्त भने देखिएको छैन् ।

त्रिभुवन पार्क नजिकैको खाडल पुरियो, स्थायी समाधान हुन अझै समय लाग्ने

त्रिभुवन राजपथ अन्तर्गत कलंकी-नागढुंगा सडक खण्डको बल्खु खोला पुल, सिजी इलेक्ट्रोनिक्स, गुर्जुधारा, त्रिभुवन पार्क, थानकोट, महाशक्ति पेट्रोल पम्प, टुटेपानीमा लगायतका स्थानमा विशाल खाडल परेका छन् भने स-साना खाल्डाखुल्डीको संख्या यकिन गर्न सकिने अवस्था छैन् । नागढुंगादेखी कलंकीसम्मको मुल राजमार्गका जोखिमयुक्त स्थानमा सुरक्षा सावधानीका कुनै संकेत समेत राखिएका छैनन् जसले यस क्षेत्रमा सडक दुर्घटनाको सम्भावनालाई बढाएको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलाम्य सडकका कारण स्थानीय तथा पैदलयात्रीहरू समेत सास्ती खेप्न बाध्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *