काठमाण्डाै शिक्षा क्याम्पस प्रमुख गुप्ता सम्मानित

Thankot Times

थानकोट ।

सतुंगलस्थित काठमाण्डाै शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ता सम्मानित हुनुभएको छ । नेपाल प्राध्यापक संघको ६०औँ वार्षिक दिवस एवम् हीरक महोत्सवको अवसरमा क्याम्पस प्रमुख गुप्ता सम्मानित हुनुभएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल प्राध्यापक संघको हीरक महोत्सव तथा नेपालमा उच्चशिक्षाः अवस्था र चुनाैती विषयक गोष्ठीको अवसरमा बिहीबार क्याम्पस प्रमुख गुप्ता सम्मानित गर्नुभएको हो ।

गुप्ता सो संघको पुर्व कोषाध्यक्षसमेत रहि सक्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *