करदाता प्रोत्साहन कार्यक्रम: राम श्रेष्ठले जिते १० लाख रुपैयाँ

Thankot Times

थानकोट ।

सरकारले गएको कात्तिक १६ गतेदेखि मसान्तसम्मको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले १० लाख रुपैयाँ बम्पर पुरस्कार प्राप्त गर्नुभएको छ । ३०० रुपैयाँको समान किनेका उहाँले एक जना उपभोक्ताले प्राप्त गर्ने १० लाख उपहार जित्नुभएको हो ।

यसपालीको करदाता प्रोत्साहन उपहार घोषणा गभर्नर विश्वनाथ पौडेलले गर्नुभयो । आज राष्ट्रिय कर दिवसको अवसरमा विजेता घोषणा गरिएको हो । ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत दैनिक पुरस्कार एक लाख जित्ने १५ जना विजेता उपभोक्ताहरूको विवरण पनि सार्वजनिक गरिएको छ ।

कारोबारका आधारमा छनोट भएका विजेताहरूको सूची आज प्रकाशित गरिएको हो । सरकारले खरिदकर्तासँगै बिक्रेतालाई पनि प्रोत्साहन गर्न थालेको छ ।

बिक्रेतातर्फ बिगमार्टका प्रतिनिधि विवेक देवले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । यसअघि खरिदकर्तालाई मात्रै समेटिएकोमा अब बिक्रेतालाई समेत प्रोत्साहन गर्ने व्यवस्था शुरू गरिएको हो ।

यस्तै यसअघिका विजेता सन्चमाया तामाङ र गौरीशंकर पण्डितलाई समेत सम्मान गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *