दहचोकस्थित मनमोहन अस्पतालको स्वामित्व मेडस्टार समुहले लियो, मंसिर १ गतेबाट सेवारम्भ
थानकोट ।
भोलि मंसिर १ गतेदेखि दहचोकस्थित मनमोहन अस्पताल सञ्चालनमा आउने भएको छ ।
मेडस्टार समुहले स्वामित्व ग्रहण गरेसँगै अस्पतालमा नयाँ व्यवस्थापन समुहको प्रवेश भएको हो ।
हाल १२ घण्टा सेवा दिइरहेको अस्पतालले मंसिर १ देखि २४सै घण्टा सेवा दिने बताइएको छ।
आकस्मिक, बहिरंग तथा परामर्श सेवा दिने गरि अस्पताल सञ्चालनमा आएको संचालक भीमसेन गिरी भनाइ छ।
चन्द्रागिरि नगरपालिका क्षेत्रमा बसोबास गर्ने बिरामीहरुका लागि अर्को व्यवस्था नभएसम्मका लागि चिकित्सकीय शुल्क नलाग्ने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा समयानुकुलका सेवा विस्तारको कार्य गरिने समेत अस्पताल प्रशासनको भनाइ छ ।










