पहिरोका कारण थानकोट-चित्लाङ सडक अवरूद्ध, सुचारू गराउने प्रयास जारी (भिडियो सहित)

Thankot Times

थानकोट । 

निरन्तरको वर्षाको कारण गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) अवरूद्ध भएको छ । सो सडक खण्डको देउराली नजिक दुई स्थानमा पहिरो खस्दा सडक अवरूद्ध भएको बताइएको छ ।

पछिल्लो अपडेट अनुसार डोजरले पहिरो पन्छाउने कार्य जारी रहेको बताइएको छ । 

चन्द्रागिरि ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्ण प्रसाद खड्गीका अनुसार पहिरो हटाउने कार्य जारी रहेकोले केहि समयमा यातायात सुचारू हुनेछ । सडक शुक्रबार बिहानबाट अवरूद्ध भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *