ल्यापटप स्लो भयो ? यी उपाय अपनाउनुहोस्

Thankot Times

थानकोट ।

पुरानो हुँदै जाँदा ल्यापटप जस्ता ग्याजेटको स्पीड कम हुनु स्वभाविकै हो । तर कहिलेकाहीँ हाम्रो सानो गल्ती तथा अज्ञानताले पनि ल्यापटप सुस्त भएको हुनसक्दछ ।

केही सरल काइदा अपनाउनुभयो भने तपाईंले घरमै बसेर ल्यापटपको स्पीड बढाउन सक्नुहुन्छ ।

केही टिप्स यस्ता छन् :

  • ल्यापटपमा जम्मा भएका क्याचे डाटालाई सधैं सफा गरिरहनु पर्दछ । यस्ता अनावश्यक डाटाले प्रोसेसरमा दबाब पारेको हुन्छ र स्पेस पनि ओगट्छ ।
  • यदि तपाईंको ल्यापटपमा धेरै र्‍याम छैन् भने धेरै क्षमताका गेमहरु डाउनलोड गर्ने तथा खेल्ने नगर्नुहोस् । यसो गर्नाले ल्यापटपको स्पीड कम हुन्छ ।
  • काम सकिएपछि ल्यापटपलाई बन्द गर्दा सधैं सट डाउन गरेरै बन्द गर्नुहोस् । सिधै पावर बटन थिचेर ल्यापटप बन्द गर्नु हुँदैन् । यसो गर्दा ल्यापटपको प्रोसेसरमा दबाब पर्दछ र पछि ल्यापटपको स्पीड कम हुन सक्दछ ।
  • ल्यापटपमा सधै यसको ओरिजिनल चार्जर प्रयोग गर्नुहोस् । बजारमा पाइने कमसल चार्जर प्रयोग गर्नु हुँदैन । कमसल चार्जर ल्यापटपको प्रोसेसरमा असर पूराउँछ र त्यसले ल्यापटपको स्पीड कम हुन्छ ।
  • ल्यापटपलाई सधैं टेबल वा यस्तै समतल सतहमा राखेर प्रयोग गर्नुहोस् । यसो गर्दा ल्यापटपको ताप सही तरिकाले प्रवाहित हुन्छ र प्रोसेसरमा दबाब पर्दैन । यी उल्लेखित टिप्स अपनाउनुभयो भने ल्यापटपको स्पीड स्लो हुनबाट केही हदसम्म रोकेर स्पीड बढाउन मद्दत पुग्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *