घरको पिँढीमा मुढामा बस्ने क्रममा लडेर बिते भुलबहादुर

Thankot Times

थानकोट । घरको पिँढीमा मुढामा बस्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो सवा २ बजे धादिङ निलकण्ठ नगरपालिका-.८ बस्ने ८६ वर्षीय भुलबहादुर ढुङ्गानाको मृत्यु भएको हो।

उनी आफ्नै छिमेकी गोपाल कुमालको घरको पिँढीमा मुढामा बस्ने क्रममा मुढाबाट लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।

उनको शव पोस्टमोर्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *