आउँदो सोमबार विवाह गर्दै अभिनेता सलोन बस्नेत

Thankot Times

थानकोट ।

अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गर्दैछन् । मंसिर १२ गते हुने विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ ।

विवाह समारोह भोलि शनिबारबाट सुरु हुने बताइएको छ । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् । सलोन र करिश्माको विवाह भोज भने मंसिर १४ गते बुधबार होटल हायात प्यालेस सोल्टिमोडमा आयोजना गरिएको छ ।

करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *