थप ३ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या १२१ जना

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार ५०८ पीसीआर परीक्षण गर्दा ३ जनालाई कोरोना देखिएको छ ।

त्यसै गरी ३३५ एन्टिनेज परीक्षण गर्दा कसैलाई संक्रमण पुष्टि भएको छैन् । २४ घण्टामा जम्मा परीक्षण ८४३ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा एसएमएस र इमेलबाट आएका एन्टिनेज परीक्षणको विवरण समेत समावेश भएको जानकारी मन्त्रालयले दिएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन् । २१ जना कोरोनामुक्त भएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १२१ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ