एसिड आक्रमणमा परेकाहरुको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो कीर्तिपुरसहित ४ अस्पताल

Thankot Times

थानकोट । 

सरकारले ‘एसिड एट्याक’ पीडितको निःशुल्क औषधि उपचारका लागि चारवटा अस्पताल तोकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको हो।

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभित्रका जुनसुकै पालिकामा एसिड एट्याक परेपनि पिडीतले यी अस्पतालमा आएर निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन्।

उपचार बापतको खर्च महाशाखाले तोकिएका अस्पतालहरुमा शोधभर्ना गरिदिने व्यवस्था मिलाएको उल्लेख गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ