काठमाण्डाै महानगरले फोहोरी कार्यालय तथा संघसंस्थाको नाम सार्वजनिक गर्ने !

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले कार्यालय परिसर सफा नराखे कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न महानगरले बुधबार सार्वजनिक सूचनामार्फत निर्देशन दिएको हो ।

कार्यालय परिसरमा रहेका छरपस्ट पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर मैलाले सिंगो सहरको सुन्दरतामा नै ह्रास आएको भन्दै महानगरले कारबाही गर्ने चेतावनी दिएको छ । सबै सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफा राख्न महानगरले भनेको छ ।

अन्यथा प्रचलित कानुन बमोजिम दण्ड जरिबाना गर्ने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल गर्ने बताएको महानगरले त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने महानगरको चेतावनी छ ।

 


One thought on “काठमाण्डाै महानगरले फोहोरी कार्यालय तथा संघसंस्थाको नाम सार्वजनिक गर्ने !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ