१६८३ परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार ८०३ पीसीआर परीक्षण गर्दा ९ जनालाई कोरोना देखिएको हो ।

त्यसैगरी ८८० एन्टिनेज परीक्षण गर्दा कसैलाई संक्रमण पुष्टि भएको छैन् ।  २४ घण्टामा जम्मा परीक्षण १ हजार ६८३ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा एसएमएस र इमेलबाट आएका एन्टिनेज परीक्षणको विवरण समेत समावेश भएको जानकारी मन्त्रालयले दिएको छ ।

यो अविधिमा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अहिले होम आइसोलेसनमा ७१ र संस्थागत आइसोलेसनमा १ जना गरी देशभर सक्रिय संक्रमितको संख्या ७२ जना रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ