काठमाण्डाै शिक्षा क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषाल

Thankot Times

थानकोट । 

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुषालले कुनैपनि संकाय राम्रो र नराम्रो भन्ने नहुने बताउनुभएको छ । 

बिहीबार चन्द्रागिरि नगरपालिका-१० सतुंगलस्थित काठमाण्डाै शिक्षा बहुमुखी क्याम्पसको अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै शिक्षाध्यक्ष भुषालले सो बताउनुभएको हो । 

शिक्षाध्यक्ष भुषालले त्रिवि अन्तर्गतका क्याम्पसहरूमा देशभर ४ लाख २६ लाख विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुहुँदै त्रिभुवन विश्वविद्यालय विश्वका उत्कृष्ठ विश्वविद्यालयहरू मध्येको एकका रूपमा स्थापित भइरहेको बताउनुभ यो । उहाँले कम्प्युटर प्रविधिसँग सम्बन्धित शिक्षा हरेक विषयका लागि अत्यावश्यक भइसकेको बताउनुहुँदै त्रिविले वार्षिक रूपमा उपलब्ध गराउने सहयोग सम्बन्धित क्याम्पसहरूले हासिल गर्ने सफलतामा निर्भर रहेको बताउनु भयो ।

अभिमुखीकरण कार्यक्रममा बोल्नुहूँदै त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजिकशास्त्र संकायका डिन प्रा.डा. कुसुम शाक्यले स्नातक तहमा कम्प्युटर एप्लीकेशन विषयमा देशभर उल्लेख्य मात्रामा विद्यार्थी भर्ना हुन नसकिरहेको अवस्थमा काठमाण्डाै शिक्षा बहुमुखी क्याम्पसमा निर्धारित कोटाभन्दा बढी विद्यार्थीको चासो रहनु प्रशंसायोग्य रहेको बताउनुभयो । शाक्यले सूचना प्रविधिको ज्ञान अबको आवश्यकता रहेको हुँदा यो बिना विद्यार्थीहरूले कुनैपनि क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने धारणा राख्नुभयो । 

स्नातक तहका विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले सामुदायिक क्याम्पसप्रति विश्वविद्यालयहरूले हेर्ने दृष्ट्रिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । क्याम्पस प्रमुख गुप्ताले समयानुकुल शिक्षा दिन क्याम्पस सदैव तयार रहेको बताउनुहुँदै आवश्यक भाैतिक संरचना निर्माणको कार्य जारी रहेको बताउनुभयो । 

काठमाण्डाै शिक्षा क्याम्पसको छात्रवृत्ति कोषमा प्रा.डा. अधिकारीको १ लाख २५ हजार सहयोग

कार्यक्रममा काठमाण्डाै शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवंम् संस्थापक सदस्य प्राध्यापक डाक्टर माधव भट्टराई, स्थानीय जनप्रतिनिधि लगायत स्नातक तहमा भर्ना भएका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *