काठमाण्डाै शिक्षा क्याम्पसमा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका उपप्रमुख बसन्ती श्रेष्ठले महिला तथा बालबालिकामाथि हुने कुनैपनि हिंसाविरुद्ध नगरपालिकाले शून्य सहनशिलताको नीति लिएको बताउनुभएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुंगलद्धारा शुक्रबार लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत काठमाण्डाै शिक्षा बहुमुखी क्याम्पसमा अायोजित कार्यक्रममा नगर उपप्रमुख श्रेष्ठले सो बताउनु भएको हो ।

उपमेयर श्रेष्ठले महिला तथा बालबालिकाविरुद्ध हुने विभिन्न खाले हिंसाका विभिन्न प्रकारहरूको बारेमा चर्चा गर्नुहुँदै हाल विद्यालय तथा कलेजहरुमा समेत यस्तो हिंसाको खबर प्रकाशित हुनु दुःखद भएकोले गुरुवर्ग सचेत हुनुपर्ने बेला आएको कुरा बताउनुभयो ।

संसारभर प्रत्येक वर्ष नोभेम्वर २५ देखि १० डिसेम्बर अन्तरार्ष्ट्रिय मानव अधिकार दिवसका दिनसम्म यो दिवस अभियान रूपमा संञ्चालन हुँदै आइरहेकोे छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक शुभद्रा वाइबा लामाले महिला तथा बालबालिकामाथि हुने कुनैपनि हिंसा सह्य नहुने बताउनुहुँदै विद्यार्थीहरुले इन्टरनेटको दुरुप्रयोग गर्दै विभिन्न प्रकारका हिंस्रक खेलहरुको लतमा फस्ने गरेको र सोही कारण विभिन्न प्रकारका सामाजिक पारिवारिक घटनाहरु भइरहेको कुरा बताउनु हुँदै विद्यार्थीहरुले लागुपर्दाथको सेवन गर्दा पनि हिंसा हुने गरेको कुरा बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका सामाजिक शाखा प्रमुख श्री रश्मी श्रेष्ठले नगरपालिकाले संञ्चालन गरेको यो अभियानको सान्दर्भकता र प्राशंगिकता तथा गतिविधि बारे प्रकाश पार्दैै विद्यार्थीहरुलाई महिला तथा बालबालिकाको हिंसा बारे सैद्धान्तिक तथा व्यवहारिक पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुदैँ काठमाडौँ शिक्षा क्याम्पसका क्याम्पस प्रमुख शत्रुघ्न प्रसाद गुप्ताले हिंसाका प्रकार अनेकौ रहेको हुनाले महिला तथा बालबालिकाविरुद्ध कुनै पनि हिंसा विकृत मनस्थितिको उपज भएको कुरा बताउनुभयो ।

क्याम्पस प्रमुुख गुप्ताले अहिले विद्यालय तथा क्याम्पसहरूमा शिक्षक-कर्मचारी माथि सुनियोजित तरिकाले पनि महिला तथा छात्रालाई यौन शोषण गरेको अभियोग लगाउदै भएको घटनाको सत्यता खोज्नुपर्ने र अभियुक्त देखिए कानुनी दायरामा ल्याई पिडित पक्षलाई उचित क्षतिपूर्ति र पिडकलाई कडा सजायको व्यवस्थाको हुनुपर्ने कुरामा जोड दिनुभयो । क्याम्पस प्रमुख गुप्ताले परापूर्व कालदेखि नै महिला माथि यौन शोषण, अपमान तथा बलात्कारको घटना हुने गरेको प्रसङ्ग कोट्याउदै महिलालाई उचित सम्मान नदिएकै कारण महाभारत र रामायणको युद्ध भएको कुरा बताउनुभयो ।

नयाँ परिवेशमा हिंसाको परिभाषा व्यापक हुदैँ गएको घटनाले कहिलेकाहीँ पुरुषमाथि समेत अन्याय भइरहेको प्रसङ्गग कोट्याउदै क्याम्पस प्रमुख गुप्ताले यौन प्रकरणको कारण नेपालमै पनि उच्च ओहोदामा रहेका राजनीतिज्ञ, खेलाडी लगायतका व्यक्तिहरू समेत यौन हिंसामा मुछिने गरेको र आफ्ना सेवाका क्षेत्रबाट निलम्वित भई कारवाहीको भागीदार हुनु परेको परिपेक्षामा क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु र कार्यरत सम्पूर्ण शिक्षक-कर्मचारीहरुलाई यौन तथा लैङ्गिक हिंसाविरुद्ध सचेत रहन र त्यस्ता घटनाका विरुद्ध एकजुट भई आवाज उठाउन समेत आह्वान समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चन्द्रागिरि-१० सतुंगलका वडाअध्यक्ष शिव कुमार महर्जनले विद्यार्थीहरु परिवर्तनका बाहेक भएकोले लैङ्गिक हिंसा विरुद्ध प्रतिबद्ध भई लाग्नुपर्ने कुरा बताउनुभयो । वडाअध्यक्ष महर्जनले क्याम्पसमा कुनै पनि प्रकारको अवान्छित गतिविधि भए वडा कार्यालय चुप लागेर नबस्ने चेतावनी दिनुहुँदै विद्यार्थीहरु अनुशासन, मर्यादा तथा शैक्षिक, प्राज्ञिक गतिविधिमा लाग्नु पर्न कुरामा जोड दिनुभयो ।

काठमाण्डाै शिक्षा बहुमुखी क्याम्पसलाई आफुले नमुना क्याम्पसको रुपमा विकास भएको हेर्न चाहेको कुरा बताउदै वडाअध्यक्ष महर्जनले क्याम्पसको चौतर्फी विकासको लागि आफु र वडा कार्यलय प्रतिवद्ध रहेको धारणा राख्नुभयो । कार्यक्रममा क्याम्पसका शिक्षक, विद्यार्थीहरू, विभिन्न वडाका जनप्रतिनिधिहरू तथा स्थानीयहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *