उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेको पहिलो निर्णय – निर्मला पन्तको न्यायिक छानबिन

Thankot Times

थानकोट ।

उप-प्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बलात्कार हत्याबारे न्यायिक छानबिन गर्ने निर्णय गरेका छन् ।

गृहमन्त्रीको कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरूसँग लामिछानेले सो निर्णय बताएका हुन् ।

२०७५ श्रावण महिनामा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । अहिलेसम्म उनको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *