महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल
थानकोट ।
महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल नियुक्त हुने भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । पोखरेललाई आजै शीतलनिवासमा राष्ट्रपतिबाट शपथ ग्रहण गराउने तयारी छ ।
तत्कालीन सभामुख ओनसरी घर्तीको कानुन विज्ञको रुपमा काम गरेका अधिवक्ता डा. पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको प्रतिनिधि सभा विघटन गैरसंवैधानिक छ भनी सर्वोच्च अदालतमा बहस समेत गरेका थिए ।
महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकार रूपमा लिने गरिन्छ ।













