काठमाण्डाै शिक्षा क्याम्पसको चाैथो सभा अधिवेशन सम्पन्न

Thankot Times

थानकोट । 

काठमाडाैं शिक्षा क्याम्पसको चाैथो सभा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार काठमाण्डाै शिक्षा क्याम्पसमा आयोजित सभा अधिवेशनमा चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरू एवं शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तिक्तहरूको उपस्थिति रहेको थियो ।

सो क्रममा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ताले क्याम्पसको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

शिक्षा क्याम्पसको चाैथो सभा अधिवेशनमा बोल्नु हुँदै चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले क्याम्पसले नगरबाट नियमित रूपमा अनुदान प्राप्त गर्ने जानकारी दिनुभयो । नगर कार्यपालिका बैठकबाट नै क्याम्पसका लागि नियमित रूपमा अनुदान उपलब्ध गराउने विषयमा निर्णय भएको बताउनु हुँदै नगरप्रमुख गिरीले क्याम्पसले जीवन उपयोगी शिक्षामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा बोल्नुहुँदै नगरउपप्रमुख बसन्ती श्रेष्ठले क्याम्पसले प्राविधिक शिक्षाका साथसाथै कृषि शिक्षातर्फ पनि लाग्न सुझाव दिनुभयो । 

त्यस्तै, चन्द्रागिरि नगरपालिका १० का वडाध्यक्ष शीवकुमार महर्जनले काठमाडाैं शिक्षा क्याम्पसको विकास एवं विस्तारका लागि प्रदेश सांसद्हरूको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । 

काठमाडाैं शिक्षा क्याम्पसको चाैथो सभा अधिवेशनमा बोल्नुहुँदै पोखरा विश्वविद्यालयका उपकुलपति एवं काठमाडाैं शिक्षा क्याम्पसका संस्थापक क्याम्पस प्रमुख प्रेम नारायण अर्यालले पोखरा विश्व विद्यालयका शिक्षा शास्त्र संकायका विद्यार्थीहरूका लागि कम्तीमा ६ महिना विद्यालयमै पुगेर अध्यापन गर्ने नीति ल्याउने तयारी भइरहेको बताउनुभयो । 

त्यस्तै, बागमती प्रदेश सांसद् रमा आलेमगरले प्रदेश सरकारले शिक्षाको क्षेत्रमा निरन्तर कार्य गरिरहेको बताउनु हुँदै चन्द्रागिरि नगरका सामुदायिक शैक्षिक संस्थाहरूको भाैतिक संरचनाहरूको विकासमा प्रदेशले विशेष चासो लिएको जानकारी दिनुभयो । सो क्रममा सांसद् आलेमगरले भाैतिक संरचनाको साथसाथै पढाई को गुणस्तरमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमलाई प्राध्यापक हरि विनोद अधिकारी, प्रा.डा. माधव प्रसाद भट्टराई, प्रा.डा. हेमाङ्गराज अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो ।

क्याम्पसको अधिवेशन सभाका दाैरान बागमती प्रदेशका नवनिर्वाचित सांसद् त्रय रमा आलेमगर, यमुनादेवी श्रेष्ठ तथा विन्दु श्रेष्ठलाई क्याम्पसका तर्फबाट सम्मान गरिएको थियो । 

हाल सो क्याम्पसमा कक्षा ११ देखी स्नातकोत्तर तहसम्म ७ सय ४८ जना अध्ययनरत रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *