टुँडिखेलमा सोनाम ल्होसारको रौनक (फोटो फिचर)

Thankot Times

थानकोट । 

आज देशभर तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाएका छन् । सोनाम ल्होसार नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।

मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चाआदि जातिहरूले आआफ्नै शैली र परम्पराअनुसार ल्होसार मनाउँदै आएको पाइन्छ । 

आइतबार काठमाडौंंको टुँडिखेलमा विशेष रौनक देखिन्थ्यो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए ।

तस्बिरहरूः प्रकाश गोपाली 


Leave a Reply

Your email address will not be published. Required fields are marked *