यातायात कार्यालयका प्रमुखलाई नेकपा बहुमतका कार्यकर्ताले दले मोसो

Thankot Times

थानकोट । 

यातायात व्यवस्था सेवा कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई नेकपा बहुमतका कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन्।

आफूले भनेको मान्छेको सवारी लाइसेन्समा नाम ननिकालिदिएको आरोप लगाउँदै लुइँटेललाई कार्यकक्षमा पसेर उनीहरूले मोसो दलेका प्रहरीले जनाएको छ।

कार्यकक्षमा बसिरहेका बेला आएका नेकपा बहुमतका कार्यकर्ताले लुकाएर ल्याएको मोसो ल्याएका र दलेका प्रहरीले बतायो। 

मोसो दलेको सूचना पाएपछि घटनास्थलमा प्रहरी पुगे पनि उनीहरूलाई फेला नपारिएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए।

मोसो दलिएको ठाउँबाट नेकपा बहुमतको पर्चा फेला परेको र मोसो दल्नेको पहिचान भएर खोजी भइरहेको उनले जानकारी दिए। आरोपीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र खोजेर कारबाही गरिने एसपी अधिकारीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *