चन्द्रागिरि नगरमा फोहोरमैला संकलन थप व्यवस्थित गर्न सबै ६ वटै सेवा प्रदायकको प्रतिबद्धता

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रमा फोहोरमैला संकलनमा क्रियाशिल सेवा प्रदायकहरूले व्यवस्थित रूपमा सेवा दिन प्रतिबद्धता जनाएका छन् ।

बुधबार नगरप्रमुख घनश्याम गिरीसँगको छलफलमा नगरमा कार्यरत सबै ६ वटै सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूले फोहोर मैला संकलन व्यवस्थित गर्न सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

छलफलका क्रममा नगरक्षेत्रभित्र फोहोर वर्गीकरण गरेर संकलन गर्नका लागि आम नगरबासीहरूमा सूचना प्रवाहका लागि सेवाप्रदायकहरूले समेत प्रतिबद्धता जनाएको नगर प्रवक्ता एवं वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।

नगरपालिकाले नगर क्षेत्रभित्र फोहोर वर्गीकरण गरि संकलनका लागि केही अवधिका लागि नगरबासीहरूको हरेक परिवारका लागि विभिन्न ६ रङ्गका प्लास्टिक वितरणको तयारी गरिरहेको प्रवक्ता खड्गीले जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकामा सर्वकल्याण वातावरण प्रा.लि., मातृभूमी संरक्षण प्रा.लि., मनकामना क्लिनिङ सर्भिस, कालिञ्चोक वातावरण प्रा.लि., युवाकृषक बहुउद्देशीय सहकारी तथा नेपाल वातावरण सृजना प्रा.लि. ले फोहोरमैला संकलन सेवा उपलब्ध गराउँदै आएका छन् ।

यी संस्थाहरूले कलंकी-नागढुङ्गा सडक खण्डको समेत नियमित रूपमा सरसफाईमा पनि प्रतिबद्धता जनाएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *