बक्सर सुष्मा तामाङलाई थाइल्याण्डमा ऐतिहासिक रजत पदक, सरकारले ६ लाख रूपैयाँ पुरस्कार दिने

Thankot Times
थानकोट ।

थाइल्याण्डमा भएको एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् ।

महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका खेलाडीलाई पराजित गर्दै ऐतिहासिक प्रदर्शनका साथ फाइनल पुगेकी थिइन् । चन्द्रागिरि नगरपालिका १० बोसिगाउँका पूर्वराष्ट्रिय बक्सिङ खेलाडी दिपक महर्जन तामाङका प्रशिक्षक हुन्  ।

एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले रजत जितेको यो पहिलोपल्ट हो ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यस्तै, मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८० हजार र प्रशिक्षक सन्दिप श्रेष्ठले ६० हजार पाउनेछन् भने संघले पनि १ लाख ८० हजार पाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *