४० लाख पटक डाउनलोड भयो ‘आइएमई पे’ एप, चन्द्रागिरि खुशीयाली साटासाट

Thankot Times

थानकोट ।

आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे को एप डाउनलोड संख्या ४० लाख पुगेको छ ।

एप डाउनलोड संख्या ४० लाख पुगेकोअवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाईमा केक काटेर खुशीयाली साटासाट गरिएको छ । सो क्रममा आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले डिजिटल पेमेन्टका क्षेत्रमा रहेका अवसरहरूको विषयमा चर्चा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *