काठमाडौं महानगरका सबै वडा कार्यालयबाट निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध हुने

Thankot Times

थानकोट । 

काठमाडौं महानगरपालिकाका सबै ३२ वटै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गराइने भएको छ । महानगरपालिकाले सो सेवा नेपाल ल क्याम्पससँगको सहकार्यमा सुरू गर्न लागेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। 

आगामी हप्तादेखि महानगरपालिकाका सबै वडा कार्यालयबाट उक्त सेवा प्रवाह हुने छ जुन सेवा उपलब्ध गराउन ल क्याम्पसमा अध्ययनरत विद्यार्थी वडा कार्यालयमा रहेको हेल्प डेस्कमा कार्यालय अवधिभरि रहनेछन् ।

त्यहाँबाट नागरिकले आवश्यकताअनुसार लिखित, मौखिक तथा दुवै किसिमको सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

क्याम्पसले  अध्ययनरत एलएलएम, एलएलबी तथा बीए एलएलबी तहमा अध्ययनरत विद्यार्थीलाई सेवा उपलब्ध गराउनका लागि पठाउनेछ ।

यसका लागि यही माघ १७ गते कामपा र त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबीच सम्झौता भइसकेको छ । त्यसमा सेवाग्राहीको आवश्यकताअनुसार जुनसुकै निवेदन लेखन, उजुरी निवेदन,  फिरादपत्र,  प्रतिउत्तरपत्र वा लिखित जवाफ मस्यौदालगायत सबै किसिमको कानुनी सहयोग गर्नुपर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *