आगामी वर्ष मलमास, असोजमा तीज, कात्तिकमा दसैं

Thankot Times

थानकोट । 

आगामी वर्ष वि.सं. २०८० सालमा हिन्दुहरुका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । 

२०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्नेछ । यस वर्षको घटस्थापना असोज १० मै परेको थियो ।

त्यसै अनुरुप आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिनेछ ।

साउनमा मलमास पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन् ।

श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ ।

फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परे अनुसार पात्रो बदलिएको छ ।

असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ ।

भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै पर्ने भएको हुँदा आउने सालका सबै चाडहरु यो वर्षको भन्दा कम्तिमा १५ दिन पछाडि धकेलिन गएका हुन् ।

यसरी धकेलिने क्रममा ०८० सालमा चैते दसैं नै नहुने भएको छ । ०८० सालको चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सर्ने भएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *