वि.सं. २०८० सालमा ३५ दिन सार्वजनिक बिदा

Thankot Times

थानकोट ।  

नेपाल सरकारले वि.सं. २०८० सालमा ३५ दिन देशभर लागू हुने गरी सार्वजनिक विदा दिएको छ ।

बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवसको विदा पनि दिएको छ ।

देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिइएको छ ।

देशभर महिलाहरुका लागि तिज र जितिया पर्वमा बिदा दिइएको छ ।

फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिइएको छ ।

हेर्नुहोस् बिदाको सूची


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ