पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको अध्यक्षमा नरेन्द्रप्रसाद कोइराला सर्वसम्मत चयन

Thankot Times

थानकोट । 

देशभरका सामुदायिक क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूको छाता संगठन पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको अध्यक्षमा नरेन्द्रप्रसाद कोइराला सर्वसम्मत चयन हुनुभएको छ । 

संघको फाल्गुन ६ र ७ गते सम्पन्न चाैथो राष्ट्रिय अधिवेशनले कोइरालाको नेतृत्वमा २५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चुनेको बताइएको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूले शनिबार चन्द्रागिरि नगरपालिका १० सतुङ्गलस्थित काठमाडाैं शिक्षा क्याम्पसमा आयोजित एक समारोहबीच पदस्थापन गरेका छन् । 

३ वर्षीय कार्यकाल रहने संघको उपाध्यक्षमा वालानाथ सिग्देल, महासचिवमा सन्तोष पण्डित, सचिवमा वसन्तराज लामिछाने तथा नानीबाबु घिमिरे चुनिँदा कोषाध्यक्षमा राधिका ओझा चयन हुनुभएको छ । 

यसैगरी संघको सदस्यमा क्रमश कुमार कमलेन्द्रम, केवलप्रसाद फुयाल, क्षेत्रबहादुर दर्लामी मगर, गोपाल प्रसाद चापागाई, गाैतम केसी, चिरञ्जिवि तिमल्सेना, तलुली कार्की, भीष्मकुमारी रेग्मी, भेषराज उपाध्याय, माया घिमिरे, युवराज तिवारी, रघुवीर भट्ट, राजन श्रेष्ठ, विमल गिरी, विष्णु कट्टेल, विष्णु सापकोटा, शिवराज पराजुली र शैलेशचन्द्र बराल चयन हुनुभएको छ ।

पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको चाैथो पदस्थापन समारोहमा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरी, तनहुँको ब्यास नगरपालिकाका मेयर तथा पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालका पूर्वअध्यक्ष  बैकुण्ठ न्याैपाने, पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्याल, त्रिविका शिक्षाध्यक्ष शिवलाल भूषाल, लगायतका विभिन्न क्षेत्रका विचारकहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले निर्वाहमुखी शिक्षा भन्दा पनि जीवनोपयोगी शिक्षाको आवश्यकता रहेको बताउनुभयो । सो क्रममा नगरप्रमुख गिरीले नगर क्षेत्रमा प्राविधिक धारको विषयको अध्ययन अध्यापन नगरको प्राथमिकतामा रहेको बताउनुभयो । यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चन्द्रागिरि वडा नंं १० का वाडध्यक्ष शीवकुमार महर्जनले नगरमा भएका सामुदायिक क्याम्पसहरूको स्तरोन्नतिसहित उत्कृष्ठ शिक्षा प्रदान गर्ने कार्य जनप्रतिनिधिहरूको प्राथमिकतामा रहेको विचार व्यक्त गर्नुभयो । 

संघका नवनिर्वाचित अध्यक्ष नरेन्द्रराज कोइरालाले सामुदायिक क्याम्पसका प्राध्यापकहरू दर्शनाचार्य तथा विद्यावारिधि गरेका विद्वानहरू रहेकाेले सामुदायिक क्याम्पसको शिक्षास्तरका बारेमा शंका गर्नु नपर्ने धारणा राख्नुभयो । 

काठमाडाैं शिक्षा बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख एवं पोखरा विश्वविद्यालयका उपकुलपति प्रेम नारायण अर्यालले पोखरा विश्वविद्यालयले सामुदायिक क्याम्पसहरूको वर्गीकरण गर्ने नीति बनाएको जानकारी दिनुहुँदै सामुदायिक क्याम्पसहरूले स्थानीय सरकारसँग समन्वयात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । 

कार्यक्रमलाई त्रिविका शिक्षाध्यक्ष शिवलाल भूषाल, संघका पूर्वअध्यक्ष केशव खड्का, निर्वतमान अध्यक्ष गोपालप्रसाद पाण्डे, डा. चिरन्जिवी श्रेष्ठ लगायतका वक्ताहरूले सम्बोधन गर्नुभएको थियो ।

पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल चाैथो अधिवेशन निर्वाचन समितिका संयोजक भोलानाथ ओझा, निर्वाचन समितिका सदस्य सचिव एवं काठमाडाै शिक्षा बहुमुखी क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ता तथा सदस्य दुर्गादत्त शर्माले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *