परिश्रमी साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न

Thankot Times

थानकोट । 

बागमती प्रदेशका छैठाैं क्लष्टरमा रहेका बचत तथा ऋण सहकारीहरूका अध्यक्ष तथा व्यवस्थापकहरूका लागि एक दिने कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आयोजना गरिएको छ ।
चन्द्रागिरि नगरपालिका-०३ थानकोटस्थित परिश्रमी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा सोमबार सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काठमाडाैंका ४, काभ्रेका २ तथा भक्तपुरको १ सहकारी संस्थाको सहभागिता रहेको आयोजक परिश्रमी साकोसका अध्यक्ष कृष्णप्रसाद खड्गीले जानकारी दिनुभयो ।
सो कार्यशालामा भक्तपुरको झझल्को साकोस, काभ्रेका उद्यम विकास साकोस तथा पिपुल्स साको, काठमाडाैंका अर्थभूमी, गोंगबु सिद्धि, टल्कु र परिश्रमी साकोसको सहभागिता रहेको थियो ।

कार्यशालालाई काठमाडाैं बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरू, नेपाल बचत तथा ऋण सहकारी संघका कार्यक्रम अधिकृत प्रदिपराज ढकाल लगायतले प्रशिक्षण एवं सहजीकरण गर्नुभएको थियो । 

कार्यशालामा सहकारीहरूबीच आपसमा ऐक्यबद्धता जनाउने विषयमा समेत छलफल भएको बताइएको छ ।  

कार्यशाला गोष्ठीको निष्कर्षमा बुँदागत रुपमा आ- आफ्ना संस्थामा भए गरेका कमजोरीहरुलाई न्यूनीकरण गरी ३ महिनापछि हुने दोश्रो कार्यशालामा प्रस्तुति गर्ने निष्कर्ष निकालिएको परिश्रमीका व्यवस्थापक मोहन डाँगीले जानकारी दिनुभयो ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *