ह्वात्तै घट्यो सुनको भाउ

Thankot Times

थानकोट ।

आज (मंगलबार) सुन तथा चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर छापावाला सुन १ लाख ८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ५५ रूपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रूपैयाँमा नै कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *