सकियो एसइइको तयारी, चन्द्रागिरिका यी विद्यालयमा परीक्षा केन्द्र (परीक्षार्थीहरूको संख्यासहित)

Thankot Times

थानकोट । 

चैत्र १७ गते शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइइको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार २ लाख ६० हजार ६ सय ७४ छात्र र २ लाख ५५ हजार ९ सय १७ छात्राले एसइइ परीक्षा दिँदैछन् ।

एसइइ परीक्षामा चन्द्रागिरि नगरबाट १ हजार ६ सय जनाले परीक्षा दिँदै, पाँच विद्यालयमा परीक्षा केन्द्र

परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइसकिएको छ ।

एसइइ परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र बागमती प्रदेशमा छन् । बागमती प्रदेशका १ लाख ६ हजार ९५९ परीक्षार्थीका लागि ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

चन्द्रागिरि नगरका कुन विद्यालयका कति परीक्षार्थीले दिँदैछन् परीक्षा सूची हेर्नुहोस्

 

मुल तस्बिरः प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *