बढ्यो सुन तथा चाँदीको भाउ

Thankot Times

थानकोट ।

कारोबार हुने साताको चाैथो दिन आज बुधबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ८ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १३ सय ६५ रूपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ प्रतितोला १३ सय ५५ रूपैयाँमा नै कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *