सुनको भाउमा सामान्य गिरावट

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पाँचाै दिन आज (बिहीबार) नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीको बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ३ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख ८ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रूपैयाँ कायम भएको छ।

बुधबार बार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रूपैयाँमा नै कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *