श्रीलंकामा पेट्रोलकाे मूल्य प्रतिलिटर ६० र डिजलकाे ८० रुपैयाँले घट्याे

Thankot Times

दक्षिण एसियाली तटीय मुलुक श्रीलंकामा आर्थिक स्थिति सुधारोन्मुख भएसँगै इन्धनको मूल्य घटेको छ ।

ऊर्जामन्त्री कञ्चना विजेसेकराले आज बिहीबार मध्यरातदेखि लागू हुने गरी इन्धनको मूल्य ८ देखि २६ प्रतिशतसम्मले घटाइएको बताउनुभएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर ६०, डिजेलमा ८० र मट्टीतेलमा १० रुपैयाँले घट्नेछ । जस अनुसार अब श्रीलंकाका उपभोक्ताले एक लिटर पेट्रोल ३ सय ४०, डिजेल ३ सय २५ र मट्टीतेल २ सय ९५ रुपैयाँमा पाउने छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले सरकारले इन्धनको मूल्य घटाउने निर्णय गरेको ऊर्जामन्त्री विजेसेकराले बताउनुभएको छ । साथै अमेरिकी डलरको तुलनामा श्रीलकांली रुपैयाँ पनि सुदृढ हुँदै गएको छ ।

गएको वर्ष श्रीलकांमा इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो ।

खाद्यान्न, औषधि र इन्धनको चरम अभावले सडक आन्दोलन चर्किएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छोड्न र राजीनामा दिनुपरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *