‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन
थानकोट ।
दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको आज निधन भएको छ ।
१७ वर्षदेखि अचेत अवस्थामा रहेका मुकेश कायस्थलाई स्वास फेर्न गाह्रो भएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।
मंगलबार स्वास्थमा केही सुधार आएको बताएपनि आज (बुधबार) राति ८ बजे निधन भएको अस्पतालले जानकारी दिएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले बताएकाे बाह्रखरीमा खबर छ।
२०६२/०६३ को १९ दिने जनआन्दोलनका क्रममा बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेश प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए । उनको कन्चटमा चोट लागेको थियो ।
मुकेश कक्षा आठको जिल्लास्तरीय परीक्षा सकेर साथीभाइसँगै जुलुसमा होमिएका थिए ।
मुकेश गोली लाग्दा १४ वर्षका थिए ।











