यातायात कार्यालय गुर्जुधाराबाट समातिए १३ जना बिचाैलिया
थानकोट ।
चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारास्थित यातायात कार्यालय क्षेत्रबाट १३ जना बिचाैलिया पक्राउ परेका छन् । पक्राउ परेका मध्ये ११ जना चन्द्रागिरि नगरक्षेत्रमा बसोबास गर्ने युवा रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा १९ देखी ३६ वर्षसम्मका युवाहरू रहेको प्रहरी प्रभाग बलम्बुले जनाएको छ।
विभिन्न सेवाका लागि आएका सेवाग्रहीलाई छिटो छरितो काम गरिदिने भनी रकम माग गरि विचौलियाहरुले हैरानी गरिरहेको सेवाग्राहीलाई बिच बाटोमै रोकी दुःख दिने गरेको गुनासोका आधारमा उनीहरुलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।
उनीहरू माथि थप अनुसन्धान जारी रहेको प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक सुभद्रा वाइबाले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।












