रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जवलाखेलसम्म तानिँदै

Thankot Times

थानकोट । 

रातो मच्छिन्द्रनाथको रथलाई सोमबार लगनखेलबाट जवलाखेलसम्म तानिँदैछ ।

सोमबार दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको छ ।
आज रथ तान्नका लागि हिजो आइतवार बेलुकी रथको टुप्पोबाट नरिवल खसालिएको थियो । रथ तान्नुअघि रथको टुप्पोबाट दुई पल्ट नरिवल खसाल्ने परम्परा छ । रथलाई आजै जवलाखेल ल्याउन सके आउँदो बिहीबार भोटो जात्रा हुनेछ ।

लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुर्याइएको चार दिनमा भोटो देखाउने परम्परा छ ।

भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

रथलाई लगनखेलबाट जवलाखेल तान्नका लागि गएको वैशाख २८ गते ज्योतिषीहरूले आजको साइत निकालेका थिए ।

आज रथ तान्ने साइत निक्लिएसँगै गुठी संस्थानले कीर्तिपुर तथा चन्द्रागिरिका विभिन्न गुठीहरूलाई सूचनामार्फत जानकारी गराएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *