नेपाली कांग्रेस रुपान्तरण अभियान जनकपुरबाट सुरु, जेठ १६ गते काठमाडौंमा प्रदेश स्तरीय भेला

Thankot Times

थानकोट । 

नेपाली कांग्रेस रूपान्तरण अभियान आज मधेस प्रदेशको जनकपुरबाट सुरु भएको छ ।

कांग्रेसको संस्थापन इतर पक्षीय तेस्रो पुस्ताका नेताहरूले थालेको अभियानमा पार्टीभित्र देखिएका कमी कमजोरी, विकृति विसङ्गति अन्त्यलाई मुख्य एजेन्डा बनाइएको छ । कांग्रेस नेता भुपेन्द्रजंग शाहीकाअनुसार अभियानका क्रममा पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणको लागि सातै प्रदेशमा वृहत् भेला र अन्तरक्रिया गरिनेछ ।

यो अभियानले कांग्रेसलाई  बलियो, सशक्त  र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा,कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने उनले बताएको रातोपाटीमा खबर छ।

प्रदेश भेलामा केन्द्रीय सदस्य मधु आचार्य, चन्द्रमोहन यादव, नेताहरू गुरूराज घिमिरे, लक्ष्मणलाल राय यादव, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, डिल्ली सुवेदी, युवराज पाण्डे, सुवास पाेखरेल, जिप्छी यादव, श्याम पटेल, देवराज चालिसे, विष्णुदेवी पाण्डे, नरेश यादव उपस्थित छन्।

यस्तै नरेन्द्र नेम्वाङ, बंशीलाल तामाङ, उज्वल बराल, विनोद कायस्थ, कौशलराय यादव, धर्मेन्द्र नेम्वाङ, विनोद खनाल, सुवास लोहनी, दिनेश यादव, चिरञ्जीवि हमाल,  उमेश मिश्र, कृश्र सिंह, राजेश रौनियार, सैलेन्द्र यादव, मनोजा चौधरी, पिन्टु सिंह, विनोद खनाललगायत पनि भेलामा उपस्थित छन्।

यस्तै जेठ १६ मा बागमती प्रदेशको काठमाडौं, जेठ २० मा गण्डकी प्रदेशको पोखरा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङ प्रदेशस्तरीय भेला हुनेछ । जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ