घरबाट बाहिर निस्कँदै हुनुहुन्छ भने साथमा छाता वा वर्षादी बोक्न नभुल्नुहोला

Thankot Times

थानकोट । 

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जसको प्रभावले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रहनेछ। यी तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *