सतुगंलस्थित सिजी इलेक्ट्रोनिक्सले बाटो मिचेको उजुरी

Thankot Times

थानकोट । 

व्यापारिक संस्था चौधरी ग्रुप एकपछि अर्को विवादमा तानिएको छ ।

विशेषगरी अपारदर्शी कारोबार र सार्वजनिक जग्गामाथिको बक्रदृष्टिका कारण चौधरी र उनका विभिन्न व्यावसायिक कम्पनी स्थानीय र सर्वसाधारणको तारो बन्ने गरेका छन् ।

सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्सको कम्पाउण्डले स्थानीयले दशकौंदेखि प्रयोग गर्दै आएको बाटो मिचेको उजुरी नगरपालिका, अख्तियार र जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ । 

पछिल्लोपटक चौधरी ग्रुपको लगानी रहेको कोपुण्डोलस्थित आलिशान रेसिडेन्सीको जग खन्ने क्रममा केही स्थानीयको घर भत्किएको समाचारहरू सार्वजनिक भएका छन् । झण्डै एक दर्जन घर उच्च जोखिममा छ । 

यसैगरी ललितपुरको भैंसेपाटीमा निर्माणाधीन चौधरी ग्रुपको सिजी हिल्सले सार्वजनिक जग्गाबाट कोलोनी छिर्ने ठूलो बाटो बनाउन अनेक प्रपञ्च रचेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् ।

जिल्ला अदालत ललितपुरमा दायर मुद्दाको गत वैशाख २७ गते पहिलो पेसी थियो जनआस्थामा खबर छ । सो दिन चौधरीका तर्फबाट १५ जना कानुन व्यवसायीले बहस गरेका छन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *