कलंकीचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

ट्रकले स्कुटरलाई ठक्कर दिँदा कलंकीमा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका १४ कलंकीमा सु.प.प्रदेश ०१–००१ ख २९४१
नम्बरको ट्रकले बा.प्र.०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिएको थयो ।
दुर्घटनामा घाइते भएकी तनहुँ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने ६४ वर्षीया सन्तुमाया राउतको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकी स्कुटर चालकको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *